+
+

दार्चुलाको शैल्यशिखरमा झडप, प्रहरीद्वारा ५ राउण्ड हवाई फायर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १४:२३

३० वैशाख, काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका वडानम्बर ६ को पशुपति भवन माविको मतदान केन्द्रमा झडप भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच मतदान केन्द्रमै झडप भएको हो ।

विषयमा मतदाताबीच विवाद भएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतीक बिष्टले जानकारी दिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ ।

मतपेटिका र कर्मचारी सुरक्षित रहेको डीएसपी बिष्टले बताए । अहिले झडप नियन्त्रणमा आएको छ । मतदान भने रोकिएको छ । विवाद समाधान गरी मतदान गराउने विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?