
१ जेठ, खोटाङ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा खोटाङको जन्तेढुंगा गाउँपालिकामा खेमबहादुर खड्का कांग्रेसका अध्यक्षका उम्मेदवार थिए । तर एमालेका शंखरबहादुर राईसँग खड्का पराजित भए ।
पाँच वर्षपछि कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट उनै खड्का उपाध्यक्षका उम्मेदवार बनाइए ।
अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी अरुणादेबी राईलाई अघि सारियो । पाँच वर्षअघि अध्यक्षमा निकटतम प्रतिद्धन्द्धी बनेका खड्का यसपटक उपाध्यक्ष निर्वाचित भए ।
दिक्तेल बहुमुखी क्याम्पसमा पढाउदै गरेको खड्काले राजीनामा दिएर २०७४ सालमा उनी गाउँपालिका अध्यक्षमा उठेका थिए ।
६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा २०७४ सालमा एमालेबाट अध्यक्ष जितेका शंखरबहादुर र उपाध्यक्ष बिमला राई यसपटक गठबन्धनसँग पराजित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4