
७ जेठ, गुल्मी । गुल्मीमा पहिले बाबुसँग चुनावमा पराजित भएका उम्मेदवार यस वर्ष छोरासँग पनि पराजित भएका छन् । गुल्मीदरवार गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर भुसाल २०७४ सालमा बाबु र ०७९ सालमा छोरासँग पराजित भएका हुन् ।
भुसाल ०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसका अशोककुमार थापासँग पराजित भएका थिए । यस पटक अशोकका छोरा सरोजकुमार थापासँग अध्यक्षमा पराजित भएका हुन् ।
०७४ सालमा भुसाल थापासँग ८५० मतान्तरले पराजित भएका थिए । अध्यक्षमा निर्वाचित भएका थापाले पाँच हजार ५७५ मत ल्याएका थिए भने भुसालले चार हजार ७५० मत ल्याएका थिए ।
०७९ साल वैशाख ३० को निर्वाचनमा भुसाल अशोकका छोरा सरोजसँग ५६४ मतान्तरले पराजित भएका हुन् । थापाले ६ हजार १६६ मत विजयी भए भने उनको निकटतम प्रतिस्पर्धी भुसालले ५ हजार ६०२ मत ल्याएर पराजित भएका हुन् ।
यसअघिका गाउँपालिका अध्यक्ष अशोक थापाको २०७८ साल असार ३१ गते काठमाडौंमा उपचारको निधन भएको थियो । बुबाको निधन पछि नेपाली कांग्रेसले उनका छोरालाई नै उम्मेदवार बनाएको थियो ।
कार्यकाल नसकिदै निधन भएका थापाको उत्तरधिकारीको रुपमा छोरा निर्वाचित भएका छन् । गाउँपालिकामा आफना बुबाले पुरा गर्न बाँकी रहेका विकास निर्माणका कामहरु पूरा गर्ने उनले बताएका छन् ।
थापाले पुराना तथा अधुरा कामलाई पूरा गर्न ध्यान दिने बताए । गाउँपालिकाका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेले वडाध्यक्ष जितेको छ ।
प्रतिक्रिया 4