
८ जेठ, वीरगञ्ज । आर्थिक अभावका कारण बाराको कलैया उपमहानगरपालिका-२४ बेलवाडी श्रीपुरकी १५ वर्षीया बालिकाको उपचारमा समस्या भएको छ । स्थानीय मसायन अंसारीकी छोरी सुविना खातुनको उपचारमा समस्या भएको हो ।
सुविना, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वामा कक्षा ८ को परीक्षा दिएर बसेकी छन् । ०७८ भदौंदेखि उनको जीउ सुन्निने, हातगोडा गल्ने, एक्कासी बेहोस हुने समस्या देखिंदै आएको छ ।
कलैया, वीरगञ्जमात्रै हैन सिमापारी भारतीय सहरका अस्पतालसम्म लगेर उपचारका लागि प्रयास भएको छ । त्यसक्रममा ५ लाखभन्दा बढी रकम खर्च भइसकेको छ । ‘डाक्टरहरुले रगतमा संक्रमण भएको छ, औषधि खुवाएपछि ठीक हुन्छ भनेर पठाए । कर्जार् सापटी गरेर औषधि उपचारमा खर्च पनि गरे । तर छोरीको स्वास्थ्यमा खासै सुधार भएन’ अन्सारीले भने, ‘सहरमहंगा अस्पताल लैजान मसँग खर्च छैन, छोरीको समस्या २० को १९ हुँदैन ।’
सुविनाका बुवा मसायनले छोरीको थप उपचारका लागि दातासँग सहयोगको याचना गरेका छन् । “म मेरो छोरी गुमाउन चाहान्न, काठमाडौंका ठूला अस्पतालमा उपचार गराएर निको पार्न चाहन्छु,’ उनले भने ।
सापटी दिने र पाउने ठाउँबाट उनले लिइसकेका छन् । कतिपयले तिर्नका लागि ताकेता गर्न थालिसकेका छन् । ट्याक्ट्र चलाएर ७ जनाको परिवार पाल्दै आएका उनको सम्पत्तिको नाममा एउटा फुसको घर र १० धुर जमिनमात्रै छ ।
सुविनाको स्वास्थ्य अवस्थाले अन्सारी परिवार चिन्तित रहेको तर आर्थिक अभावले उपचार हुननसकेको स्थानीय सन्तोष ठाकुर बताउँछन् ।
चन्दा संकलन अभियान सुरु गरिने
पारिवारिक स्थितिलाई बुझेका स्थानीय व्यक्तिहरुले सुविनाको उपाचारका लागिचन्दा संकलन अभियान सुरु गर्ने भएका छन् । शनिबार श्रीपुरमा बसेको स्थानीय भद्रभलाद्मीको बैठकले सहायोग संकलन गर्ने निर्णय गरेको हो ।
उनी अध्ययनरत विद्यालयले पनि उनको उपचारमा सहयोग जुटाउने तयारी गरिरहेको छ । विद्यालयका प्रधानअध्यापक हरिकिशोर कुँवारले विद्यालयबाट सकेको सहयोग गर्ने बताए ।
‘तपाईं हाम्रो सानो सहयोगले बालिकाको उपचार राम्रो हुन सक्छ’ उनले भने, ‘सकेको सहयोग गरौं ।’
सहयोग गर्न इच्छुक व्यक्तिले बालिकाको बुवा मसायन अंसारीको नाममा बाराको कलैयास्थित प्रभु बैंक लिमिटेडको बचत खाता नं. ०७७०१९००४६८७४१०००००१ मा सहयोग गर्न सक्नेछन् ।
प्रतिक्रिया 4