+
+

गण्डकी प्रदेशले गर्‍यो ४१ शिक्षकको बढुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १३:२०

९ असार, काठमाडौं । शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशले कार्यसम्पादन मूल्याङ्कनको आधारमा विभिन्न तह, श्रेणी र विज्ञापन अनुसार शिक्षकहरुको बढुवा गरेको छ ।

शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराको विभिन्न मितिको निर्णयानुसार बढुवाको लागि निवेदन दिएका ४१ जनालाई बढुवा गरेको सूचनामा उल्लेख छ ।

प्रदेश बढुवा समितिले आयोगको नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको नामावली शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ को प्रयोजनका लागि प्रकाशित बढुवाको सिफारिस गरेको जनाएको छ ।

प्रदेश बढुवा समितिले गरेका बढुवा उपर चित्त नबझेमा सूचना प्रकाशित भएका मितिले ३५ दिनभित्र तोकिएको राजश्व तिरि निवेदन दिन सक्नेछन् ।

हेर्नुस् शिक्षक सेवा आयोगले निकालेको बढुवाको सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?