२८ भदौ, काठमाडौं । भारतीय जनता पार्टी भाजपाले नरेन्द्र मोदीलाई आफ्नो प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । कांग्रेसले राजिव-सोनियाँ छोरा राहुल गान्धीलाई उम्मेदवार बनाउने चर्चा छ ।
भाजपा संसदीय बोर्ड बैठकले २०१४ मा हुने चुनावमा गुजरातका मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको हो । यसअघि उनले लालकृष्ण आडवाणिलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदै आएको थियो ।
संसदीय बोर्डको बैठकमा आडवाणि भने अनुपस्थित थिए । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भाजपा अध्यक्ष राजनाथ सिंहले मोदीको नाममा सबै सहयोगी दलको समेत समर्थन गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4