+
+

पाँच नेताको बैठक : आपसमा मिल्ने, कांग्रेससँग गठबन्धन कायम राख्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १८:२७

३ साउन, काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकताबारे छलफल भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो । नेताहरुबीच चुनावी गठबन्धनबारे नेपाली कांग्रेस र एमालेले गरेका निर्णयबारे छलफल भएको थियो ।

‘यो गठबन्धन कायमै राखेर जानुपर्छ । कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर कुराकानी भइरहेको छ’, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ।

उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच भने पार्टी एकताका लागि पनि सम्वाद भइरहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘गठबन्धन कायम राख्ने, वामपन्थीहरु मिल्ने कुराकानी भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?