
२२ साउन, काठमाडौं । किरात राई यायोक्खाले ३५औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा पत्रकार कौशल चोम्जोङ तथा राजेश चाम्लिङ राई पनि छन् ।
उदयपुरबाट पत्रकारिता तथा विभिन्न प्राज्ञिक अनुसन्धान कार्यमा संलग्न चेम्जोङ नेपाल पत्रकार महासंघको पूर्व उपाध्यक्ष हुन् भने हाल गोरखापत्र दैनिकका सहसम्पादक रहेका चाम्लिङ महासंघको निवर्तमान केन्द्रीय सदस्य हुन् ।
चेम्जोङलाई नगद २५ हजार रुपैयाँसहितको ‘छत्र विष्णु कृति सम्मान’ तथा चाम्लिङलाई नगद ३० हजार रुपैयाँ ‘धनकेशर अम्तहरी राई स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
पुरस्कृत हुनेहरुमा लेखक शिवसुन्दर मेवाहाङ राई, डा. किरात, शुखकला राई, रोशन राई र सम्झना देवास राई छन् । मेवाहाङलाई ३० हजार रुपैयाँसहित मदनेस्वरी राई स्मृति पुरस्कार, किरातलाई, किरात १५ हजार रुपैयाँसहित राई यायोक्खा संगीत पुरस्कार, राईलाई १५ हजार रुपैयाँसहित मोहन सिं भाषिक पत्रकारिता पुरस्कार, रोशनलाई १५ हजार रुपैयाँसहित जागिरमान सुभाषी राई सांस्कृतिक भिडियो पुरस्कार देवासलाई ३० हजार रुपैयाँसहित मनकुमारी साम्पाङ दुमि राई खेलकुद पुरस्कार प्रदान गरिएको हो ।
किराती राई समुदायको साझा सामुदायिक संस्था यायोक्खाले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसमा राई समुदायबाट विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई पुरस्कृत गर्दै आएको छ ।
प्रतिक्रिया 4