
२६ साउन, काठमाडौं । काठमाडौंको रामशाहपथमा रहेको न्याय परिषद सचिवालयमा बिहीबार तोडफोड भएको छ ।
गोरखा घर भएका नुरप्रसाद अधिकारीले सचिवालयको केही कम्प्युटर र झ्यालको सीसा तोडफोड गरेका सचिवालयका कर्मचारीले बताएका छन् ।
जिल्ला अदालत ललितपुरले अधिकारीलाई उपस्थित हुन म्याद जारी गरेको थियो । न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारी आफूलाई म्याद जारी गर्ने न्यायाधीशलाई कारबाहीको माग लिएर परिषदको सचिवालयमा आएका थिए ।
तर परिषदका कर्मचारीले त्यसरी कारबाही गर्न नमिल्ने बताएपछि उनले तोडफोड गरेका हुन् । तोडफोडबारे थाहा पाएर आएको प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएको छ ।
नुरप्रसाद छोराको हत्या आरोपीलाई कारबाहीको माग गर्दै अनशनमा बस्दै आइरहेकी गंगामाया अधिकारीका जेठा छोरा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4