+
+

स्वास्थ्य बीमा कार्यदलको बैठकमा रणनीतिक योजना प्रस्तुत

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १८:२६

१ भदौं, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमको समस्या समाधान गर्ने बनेको कार्यदलको पहिलो बैठक बुधबार बसेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य बीमा समस्या समाधान गर्न तथा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गरेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकसँग प्रत्यक्ष जोडिएकाले अहिले देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने राज्यमन्त्री केसीले बताए ।

‘स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन आवश्यक छ । यो कार्यक्रमलाई नागरिकले सक्दो लाभ लिने र सेवालाई थप गुणस्तरीय बनाउन जरुरी छ । यसका लागि हामीले छिट्टै ठोस खाका बनाउँछौं,’ राज्यमन्त्री केसीले भने ।

बुधबार बैठकमा स्वास्थ्य बीमा समस्या समाधानका दिर्घकालीन उपायबारे छलफल भएको छ । कार्यदलको अर्को बैठक आइतबार बस्नेछ ।

समितिको सदस्यमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव गुणराज लोहोनी, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा.रमेश ढकाल, श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदी, सदस्य सचिवमा नारायण ढकाल छन् ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले २६ साउनमा कार्यदल गठन गरी तीन हप्ताभित्र प्रतिवेदन पेश गर्ने निर्देशन दिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?