+
+

भीषण वर्षाका बीच जब जहाजले ओभरसुट गर्‍यो …

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १२:१९

३ भदौ, काठमाडौं । बिहीबार राति १० बजेतिर त्रिभुवन विमानस्थल आसपास भीषण वर्षा भइरहेको थियो । वर्षाका बीच सिंगापुरबाट आएको सिंगापुर एयरलाइन्सको मल्टिइन्जिन जहाज बोइङ ७३८ करीब १० बजे अवतरणको तयारीमा थियो ।

‘रनवे ०२’ तर्फबाट अवतरणको प्रयासमा रहेको जहाज अन्तिम समयमा ओभरसुट गर्‍यो र पुनः आकासमै उड्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार जहाज ओभरसुट हुनुमा ‘भिजिबिलिटी’ भने कारण थिएन । ‘यो मोडलको जहाजलाई ११ सय मिटर भिजिबिलिटी पर्याप्त हो,’ स्रोतले भन्यो, ‘यो जहाज अवतरण गर्दा त्रिभुवन विमानस्थल कन्ट्रोल टावरले ३ हजार मिटर भिजिबिलिटीको रिपोर्ट दिएको थियो ।’

विमानस्थलका एक प्राविधिकका अनुसार यो जहाजले ओभरसुट गर्नुमा जहाज अवतरणका दौरान ‘हाइड्रोप्लानिङ’ हुन सक्ने जोखिम टार्नु हो । धावनमार्गमा भीषण वर्षा भएको समयमा तीव्र गतिमा रहेको जहाजको पाङ्ग्रा एक्कासी पानीको सम्पर्कमा आउँदा चिप्लिने सम्भावना हुन्छ ।

ठूलो पानीका कारण टायरले सतहसँग सम्पर्क गुमाउन जाँदा टायर चिप्लिने सम्भावना हुन्छ । सोहीकारण पाइलटहरुले जहाज अवतरणका दौरान यो जोखिम लिन नचाहने ती प्राविधिकले बताए । जहाज १० मिनेटमै पुनः अवतरण गरेको थियो ।

‘जहाज उडाइरहेका पाइलटले प्रोफाइल नै २ सय फिट माथि राखेर आएका थिए, ती प्राविधिकले भने, ‘नर्मल प्रोफाइलमा नआएको जहाज ल्याण्ड नगर्ने मानसिकतामै भएका कारण ओभरसुट गरिएको थियो ।’

@flying._.boy I’m so so so sorry plane bhaneypaxi chutei excitement cha tesmathi afule predict garera tei huda arkei khushi bhaye. Sorry afeilai k boley kei thathena 😅 Singapore Airlines (SIN-KTM). Singapore Airlines attempts a go-around due to bad weather. The pilot was brave and took a very good decision ❤️#singapore#ktm#nepal#tia#aviation#boeing#fyp#goaaround#plane#excitement#bravepilot#✈️#✈️❤️ ♬ original sound – flying._.boy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?