
८ भदौ, काठमाडौं । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१६ स्थायी घर भई हाल काठमाडौं-१० बानेश्वर बस्ने २६ वर्षीय युवक उत्सव दाहाल रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।
उनले पीडितहरुलाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छ भनी ६ लाख २४ हजार ठगी गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4