+
+

रकम ठगीको आरोपमा प्रेसिडेन्सियल इमिग्रेसनका सञ्‍चालकसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १९:००

९ भदौ, काठमाडौं । प्रहरीले ग्रीन कार्डसहित अमेरिका पठाइदिने भनी करोडबढी रकम ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभाको सिलिचोङ गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्‍ने ३५ वर्षीय परविन राई, पश्‍चिम नवलपरासी नगरपालिका-३ परासी बजार घर भई काठमाडौ्को गोठाटार बस्‍ने ४६ वर्षीय ओमकार गुप्ता र इलाको सूर्योदय नगरपालिका-११ करफोक घर भई हाल बसुन्धारम बस्‍ने ३४ वर्षीय संजय तामाङ रहेका छन् ।

उनीहरुले गैरीधारामा प्रेसिडेन्सियल इमिग्रेसन प्रालि कन्सलटेन्सी सञ्‍लाचन गर्दै आएका थिए जसमध्‍ये पक्राउ परेका परविन राई कन्सलटेन्सीका सञ्‍चालक, ओमकार गुप्ता कन्सलटेन्सीका निमित्त निर्देशक र संजय तामाङ निमित्त निर्देशक हुन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार दिउँसो ४ बजे कन्सलटेन्सीबाटै पक्राउ गरेको हो ।

उनीहरुले पीडितहरुबाट विगत २/३ वर्षदेखि प्रतिव्‍यक्ति ५० लाख रुपैयाँ असुली गर्दै आएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरुमाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?