
काठमाडौं । गायक सुगम पोखरेलले नयाँ गीत ‘रेलिमाई’ सार्वजनिक गरेका छन् । गिरीश खतिवडा, राज के गोस्वामी र बुलेट फ्लोसँगको सहकार्यमा उनले केही दिनअघि आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।
रोमान्टिक शैलीमा युवतीको सौन्दर्यको चर्चा गरिएको गीतको भिडियोमा मोडल सुरबिना कार्की फिचर्ड छिन् । उनलाई जोकर क्रिउले साथ दिएको छ ।
सुजित श्रेष्ठको सम्पादन तथा निर्देशन रहेको भिडियोमा जितु तामाङको छायांकन र शयनम अधिकारीको कोरियोग्राफी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4