+
+

राजा बन्ने बेलामा किन झनक्क रिसाए चार्ल्स ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १८:३१

२८ भदौ, काठमाडौं । एलिजाबेथ द्वितीयकाे निधनसँग छोरा चार्ल्स जब राजा बन्न पुगे,  इन्टरनेटमा एउटा फोटो भाइरल भयो, ७३ वर्षका बुढाले बल्ल रोजगारी पाए ।

तर त्याे हाँसो ठट्टाकाे विषय थियो ।

खासमा उनी राजा घाेषणा हुने समारोहमै फनक्क फन्किएकाे विषय चाहिँ मानिसहरुले खुबै याद गरे । अहिले त्याे सर्वत्र भाइरल भइरहेको छ ।

उनी झन्किनुको कारण चै‌ं रोचक रहेछ । राजा हुनुअघि बेलायतमा लामै कर्मकाण्ड पछ्याउनुपर्छ । राजा हुने कागजातमा पालैपालाे सही धस्काउनुपर्छ ।

उनको एउटा टेबल उनी पुग्नु अघि नै अस्तव्यस्त जस्तो हुन्छ । त्यहाँ धेरै प्रकारका कागजसँगै कलम र मसी हुन्छन् । उनले सुरुमै टेबल खाली गर्न निर्देशन दिन्छन् र सहयोगी ले केही कागज हटाउँछन् । त्यसपछि उनी एउटा कागजमा सही गर्न थाल्छन् । अर्को कागजमा सही गर्ने बेलामा उनले हटाउ भनेको एउटा सामान त्यही टेबलमा देख्छन् । । जसलाई देखेर उनी रिसाउछन् । दाह्रा किट्छन् र  हटाउन लगाउछन् ।

अहिले सबैतिर नयाँ राजा रिसाएको प्रस‌ंग चर्चित बनिरहेको छ । यस्ता राजाले देश चलाएर खाँदैनन् भन्ने आलाेचना पनि सँगसँगै उठिरहेको छ । कमनवेल्थलगायत कतिपय देशले अब बेलायती राजतन्त्रको अधीनमा आफूहरु बस्नुकाे औचित्यबारे प्रश्न समेत उठाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?