+
+

पुतली छोए आँखाको ज्योति गुम्ला है…

अनलाइनखबर अनलाइनखबर
२०७० असोज ९ गते ७:५४

९ असोज, काठमाण्डौं । बत्तीमा झुम्मिरहेका सेता पुतली राम्रो लाग्यो भन्दैमा हातले टिप्ने गल्ती नगर्नुहोला । त्यस्तै पुतलीको सम्पर्कबाट आँखाको ज्योतिसमेत गुम्ने सापु रोगका विरामी राजधानी लगायत देशका विभिन्न जिल्लामा ठूलो संख्यामा भेटिएका छन् ।

butterflyतिलगंगा आँखा अस्पतालमा मात्रै भदौयता १५ जनाभन्दा बढी यस्ता विरामी भर्ना भइसके । तीमध्ये पाँच जनाको मात्रै उपचारपछि सुधार भइरहेको छ । आधाभन्दा बढीको ज्योतिनै गुमेको तिलगंगाकी सापु विशेषज्ञ डा. अनु मानन्धरले बताइन् । बिरामीमध्ये अधिकांश बालबालिका रहेको नागरिक दैनिकमा खबर छ ।

पुतलीका पखेटा र शरीरबाट झर्ने सेता झुस आँखाको सम्पर्कमा आएर यो रोग सल्किन्छ । चिप्रा नखाए पनि आँखा रातो भएर आउँछ । विस्तारै आँखाको कालो भागमा पिप भरिन थाल्छ । त्यसपछि पूरै पिप भरिन्छ । यसले आँखाको पर्दा र नसा लगायत महत्वपूर्ण भागमा असर पुर्‍याउँछ । उपचार गर्न आएका मध्ये धेरैको भित्री भागसम्म रोग फैलिसकेको थियो । केहीमा अघिल्लो भाग र रेटिनामा मात्रै असर थियो । यस्ता खालका पुतली असोजदेखि मंसिरसम्म बढी देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?