
२४ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र पाठ्यक्रम तथा सामग्री शाखाले स्वाध्ययन सामग्री लेखनका लागि आवेदन माग गरेको छ ।
शाखाले सूचना जारी गर्दै नयाँ पाठ्यक्रम अनुसार अनिवार्य नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका स्वाध्ययन सामग्री लेखनका लागि आवेदन माग गरेको हो ।
पाठ्यक्रम तथा सामग्री शाखाकी निर्देशक सविता दंगालले चालु आव २०७९/८० मा केन्द्रको वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वाध्ययन सामग्री माग गरिएको जानकारी दिएकी छिन् । शाखाले खुला विद्यालयतर्फका कक्षा ११ र १२ का सामग्री लेखनका लागि योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिन सूचनामा अनुरोध गरेको छ ।
सम्बन्धित विषयमा स्नातकोत्तर योग्यता हासिल गरेको प्रमाणपत्रको प्रतिलिपि (सामाजिक विषयका हकमा सामाजिक अध्ययन र सामाजिक विज्ञान सम्बद्ध क्षेत्रका विषयमा स्नातकोत्तर गरेको), खुला विद्यालयतर्फका स्वाध्ययन सामग्री लेखनमा अनुभव भएका नेपाली नागरिकले आवेदन दिनसक्ने शाखाले जनाएको छ ।
प्रतिक्रिया 4