+
+

४.७ ग्राम खैरो हिरोइनसहित बर्दियाबाट चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १२:२१

२५ असोज, बर्दिया । प्रहरीले ४.७ ग्राम लागूऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-४ का सिमोन विक र ललित भुजेल तथा खजुरा गाउँपालिका-१ का भानु सिग्देल र नेपालगञ्‍ज उपमहानगरपालिका-४का राजेश विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दिया खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका -०२ फुटाह दशगजा स्थित भारतबाट नेपालतर्फ आउँदै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता हिक्मत बहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि बर्दिया जिल्ला अदालत गुलरियाबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?