+
+

ग्रील जोनको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते १९:२८

२९ असोज, बुटवल । ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले ग्रील जोनका लागि जग्गा माग गर्दै बुटवलका नगर प्रमुुख खेलराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।

संघको एघारौं साधारणसभाका अवसरमा संघले शनिबार ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा नगर प्रमुख पाण्डेले व्यवसायीका माग जायज भएको स्वीकार गर्दै नगर कार्यपालिका बैठकमा छलफल गरेर खाली जग्गा भए दिने बताए ।

पूर्वाधार निर्माणमा ग्रील व्यवसायीको योगदान महत्वपूर्ण रहेको भन्दै नगरप्रमुख पाण्डेले व्यवसायीका माग सम्बोधन गर्न सकारात्मक रहेको बताए । ग्रील र फर्निचर क्षेत्रमा दर्ता नगरी व्यवसाय सञ्चालनले कर तिर्ने व्यवसायीहरु मारमा परेको भन्दै त्यस्तालाई करको दायरामा ल्याउने तयारी रहेको बताए ।

संघका संस्थापक अध्यक्ष अशोक बर्माले बिना दर्ता काम गर्ने व्यवसायीलाई कारबाहीका लागि नगरपालिकाले संघलाई अधिकार दिनुपर्ने माग गरे ।

संघका अध्यक्ष मोहन भट्टराई र निवर्तमान अध्यक्ष तुलजी सारुले ग्रील जोन स्थापना हुन सके उद्योगहरुमा विद्युत आपुर्ति सहजता, ध्वनी प्रदुषण नियन्त्रण र नगरको सौन्दर्यीकरणमा टेवा पुग्ने भएकाले संघको मागप्रति स्थानीय सरकार गम्भीर बन्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?