
३ कात्तिक, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले लाभांश घोषणा गरेको छ । २ कात्तिक बुधबार साँझ बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँको १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै बेानस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपनि सेयरधनीमा वितरण हुनेछ । युनियन लाइफ र गुँरास लाइफसँग मर्जरको सम्झौता गरेको कारण कम्पनीको सेयर कारोबार रोक्का रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4