
२१ कात्तिक, वीरगञ्ज । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पर्सामा नमूना मतदान गरिएको छ । मतदाता शिक्षाका लागि ठोरी गाउँपालिकाको कार्यालय घ्याङडाँडामा नमूना मतदान गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा सहभागी मतदाताले प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनमा जस्तै प्रत्यक्ष र समानुपातिक तर्फ गरी ४ वटा ब्यालेट पेपर लिएर ४ ठाउँमा मतदान गरेका थिए ।
मतदाता शिक्षा दिनुका साथै मत बदर हुने अवस्थाको बारेमा बुझ्न नमूना मतदानको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिईन् ।
सुरक्षा व्यवस्था सहित वास्तविक निर्वाचनको झल्को दिने गरी सम्पन्न नमूना मतदानको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत पर्साका सबै सुरक्षा निकायका प्रमुख सहितको टोलीले अनुगमन गरेको थियो ।
पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तरगत पर्ने ठोरीमा मंसिर ४ गते हुने निर्वाचनका लागि ७ ओटा मतदान स्थल र १७ ओटा मतदान केन्द्र तोकिएका छन् ।
प्रतिक्रिया 4