
२२ कात्तिक, जनकपुरधाम । महोत्तरीमा मोटरसाइकल बयललगाडमा ठोक्किएर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ६ बस्ने २० वर्षीय शंकर पासवान रहेका प्रहरीले जनाएको छ ।
युवक सवार भारतीय नम्बर प्लेटको बीआर २०६२ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो मडइ र रतावाराको बीचमा बयलगाडामा ठोक्किए दुर्घटना भएको हो ।
उनको शव पोस्टमार्टमका लागि जलेर अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4