+
+

काठमाडौं–सुर्खेत रुटमा अब एटीआर ७२ जहाज उड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १३:३०

२१ मंसिर, काठमाडौं । काठमाडौं–सुर्खेत रुटमा अब एटीआर ७२ जहाज उड्ने भएको छ । यसअघि एटीआर ४२ जहाजले यस रुटमा उडान गरिरहेको थियो । यसले हवाई भाडा महँगो भएको भन्दै स्थानीयले ठूलो जहाज उडाउन माग गरेका थिए ।

सोही अनुसार बुद्ध एयरले यो रुटमा अब एटीआर ७२ जहाज उडाउने भएको हो । यसबाट सञ्चालन खर्च कम हुँदा भाडा समेत कम हुने कम्पनीको भनाइ छ । काठमाडौं–सुर्खेत रुटको न्यूनतम भाडा ७ हजार रुपैयाँ तोकिएको छ । बुद्धले यहाँ दैनिक २ उडान गर्ने भएको छ । १६ डिसेम्बरदेखि यहाँ ठूलो जहाजबाट सेवा दिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?