
काठमाडौं । इलामको चुलाचुलीमा आगामी माघ दोस्रो साता पाठशाला नाट्य उत्सव हुने भएको छ । आफ्नो नवौं वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रंगमञ्चले माघ १० र ११ गते दुईदिने नाट्य महोत्सव आयोजना गर्न लागेको हो ।
‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ नारासहित हुने उत्सवमा ११ नाटक मञ्चन हुने आयोजक चुलाचुली रंगञ्चले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
चुलाचुली गाउँपालिकाको सामुदायिक र संस्थागत गरी ६ वटा विद्यालय, जिल्लाबाहिरबाट तीनवटा नाट्य संस्थाका साथै आयोजक रंगमञ्चका दुईवटा नाटक मञ्चन हुनेछन् ।
नाट्य उत्सवमा फाइन आर्ट कार्यशाला, फोटो प्रर्दशनी, नाटक कार्यशाला, विभिन्न जातजातिको लोकबाजा झाँकी प्रदर्शनी र रंगमञ्च अन्तरसंवाद समेत गरिने संयोजक चेतन आङथुपोले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4