+
+

‘सोल्टिनी’ निर्देशक अरुण झाको निधन 

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १६:००

काठमाडौं । बक्स अफिसमा हिट फिल्महरु ‘सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएँ नि’ जस्ता फिल्मका निर्देशक अरुणकुमार झाको निधन भएको छ । ७२ वर्षीय झाको हृदयघातका कारण आइतबार बिहान शिक्षण अस्पतालमा निधन भएको झाका समकालीन अभिनेता मदनदास श्रेष्ठले जानकारी दिए ।

सन् २००० मा फिल्म ‘सोल्टिनी’ निर्माण तथा निर्देशन गरेपछि उनी स्वास्थ्यको कारण फिल्ममा सक्रिय हुन सकेनन् । उनी विभिन्न रोगबाट ग्रसित थिए । दोस्रोपटक हृदयघात भएपछि उनलाई आइतबार बिहानै अस्पताल लगिएको थियो ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

झाले ‘सोल्टिनी’की अभिनेत्री मेघा पोखरेलसँग दोस्रो विवाह गरेका थिए । जेठी श्रीमतीको तर्फबाट झाका दुई छोरा अमेरिकामा बस्दै आएका छन् । सप्तरीको राजविराज स्थायी घर भएका झा श्रीमती मेघाका साथमा काठमाडौंको डिल्लीबजारमा बस्दै आएका थिए । फिल्मबाहेक उनले केही टीभी सिरियल र वृत्तचित्र पनि निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?