+
+

च्याट जीपीटीसहित माइक्रोसफ्टले सार्वजनिक गर्‍यो नयाँ बिंग सर्च इन्जिन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १३:१०

इन्टरनेट सर्च इन्जिनको क्षेत्रमा गुगलको प्रभुत्वलाई तोड्नका लागि माइक्रोसफ्ट कम्पनीले नयाँ स्वरुपमा आफ्नो Bing सर्च इन्जिन सार्वजनिक गरेको छ ।

माइक्रोसफ्टले आफ्नो बिंग सर्च इन्जिनमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले युक्त च्याटबोट ChatGPT लाई आबद्ध गरेको छ । गतवर्ष सार्वजनिक भएको ओपन आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ChatGPT निकै लोकप्रिय बनिरहेको छ ।

बिंग सर्च इन्जिनको डेमो संस्करण माइक्रोसफ्टले सुरु गरिसकेको छ । नयाँ फिचरसँगै सर्च बारमा विभिन्न पूर्वनिर्धारित शब्दावलीहरू उपलब्ध छन् । तत्कालका लागि हरेक व्यक्तिलाई सीमित सर्च सुविधाका साथमा बिंग सर्च इन्जिन सुरु गरिएको छ ।

नयाँ संस्करणमा आएको बिंग सर्च इन्जिन गुगलको प्रभुत्वका लागि सबैभन्दा ठूलो चुनौतीको रुपमा देखिएको छ र यसलाई दुई कम्पनीहरूको बीचमा आर्टिफिसियल इन्टेलिजेन्सको दौडको रुपमा हेरिएको छ ।

माइक्रोसफ्टका सीईओ सत्य नादेलाले दौड आजैबाट सुरु भएको बताएका छन् ।

माइक्रोसफ्टको सहयोगमा विकसित भएको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ChatGPT ले सर्च अनुरोधहरुको लागि मानिसले दिनेजस्तै जवाफ दिनका लागि डिप लर्निङ प्रविधिको उपयोग गर्दछ ।

सीईओ सत्य नादेलाका अनुसार बिंग सर्च इन्जिनमा आबद्ध गरिएको नयाँ प्रविधिले अनलाइन सर्चको प्रकृति तथा अन्य सफ्टवेयरहरुसँगको सम्बन्धलाई नै बदल्ने बताए ।

उनी भन्छन्- यो प्रविधिले हामीले थाहा पाएका सबैजसो सफ्टवेयरलाई पुनर्संरचना गर्नेछ ।

अब बिंग सर्च इन्जिनमा कुनैपनि विषयको खोजी गर्दा केवल वेबसाइटका लिंक मात्रै नभएर विस्तृत उत्तर प्राप्त हुनेछ । साथै सर्चलाई व्यवस्थित गर्नका लागि च्याट पनि गर्न सकिनेछ । सर्च पेजको दायाँपट्टि थप समसामयिक उत्तरहरु पनि थप गरिन्छ ।

गुगलले Bard नामक आफ्नो नयाँ च्याटबोटको विस्तृत विवरण सार्वजनिक गरेको भोलिपल्टै माइक्रोसफ्टले बिंग संस्करणमा च्याट जीपीटी आबद्ध गरेको हो ।

विश्लेषकहरूका अनुसार नयाँ च्याटबोटसहितको बिंग सर्च इन्जिनले माइक्रोसफ्टको प्रतिस्पर्धी क्षमतामा व्यापक वृद्धि गर्नेछ । यसलाई ठूला प्रविधि कम्पनीहरुबीच आर्टिफिसियल इन्टेलिजेन्सको दौडमा पहिलो पाइला मानिएको छ ।

स्मरण रहोस् च्याट जीपीटीको सुरुआती लगानीकर्ता तथा सहयोगीको रुपमा रहेको माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा अर्बौँ डलर लगानी गरिसकेको छ र आगामी दिनमा पनि च्याट जीपीटीमा अर्बौँ डलर लगानी गर्ने बहुवर्षीय सम्झौता गरेको छ ।

बिंग सर्च इन्जिनमा गत वर्ष सार्वजनिक भएको च्याट जीपीटी भन्दा पनि अत्याधुनिक Open Artificial Intelligence  प्रविधिको प्रयोग गरिएको छ । यसलाई माइक्रोसफ्टको वेब ब्राउजर एजमा समेत प्रयोग गरिएको छ ।

विश्लेषकहरुले भने च्याट जीपीटीको दुरुपयोग भैरहेको र यसलाई विद्यार्थीहरूले परीक्षामा पास गर्नका लागि उपयोग गरिरहनुका साथै पत्रकारितालगायतका विभिन्न पेसाहरुलाई समेत असर गर्नसक्ने खतरा छ ।

साथै यसले कतिपय प्रश्नमा गलत उत्तरहरु समेत ढुक्कसाथ भन्ने गरेको आलोचना हुने गरेको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?