
काठमाडौं । काठमाडौं उपत्यकाका २२ बढी लोकदोहोरी व्यवसायीलाई गीत-संगीतको सार्वजनिक प्रयोग गर्नका लागि अनुमतिपत्र प्रदान गरिएको छ । प्रतिलिपि अधिकार कार्यालय र संगीत तथा चलचित्र उत्पादक समाज नेपालले व्यवसायीलाई लाइसेन्स प्रदान गरेका हुन् ।
‘प्रतिलिपि अधिकार कानुन कार्यान्वयन तथा लोकदोहोरी साँझ रेस्टुरेन्टको सार्वजनिक प्रयोगबापतको संगीत रोयल्टी’ विषयक समारोहमा उनीहरुलाई संगीत प्रयोगका लागि अनुमति दिइएको हो । अनुमतिपत्र पाउनेमा गाउँले रोधी घर, डाँडाघरे रोधी एन्ड क्लब, सुस्केरा दोहोरी साँझ, यानीमाया रोधी क्लब, मधुवन रोधी घर एन्ड सुनार हाउस, माइली रोधी घर, सोल्टिनी रोधी नाचघर, सालैजो दोहोरी साँझ, गाउँबेंसी दोहोरी साँझ, नीलकमल दोहोरी साँझ छन् ।
यसैगरी जूनतारा दोहोरी एन्ड लाउन्ज, मुर्छना दोहोरी साँझ, डाँफे रोधी घर, इन्द्रेणी रोधी क्लब एन्ड डिस्को, टप राजधानी दोहोरी साँझ, संगीतमाला रोधी घर, जुनकिरी रोधी नाचघर, नौडाँडा दोहोरी साँझ, बाँसुरी दोहोरी साँझ र देउराली रोधी घरले पनि लाइसेन्स पाएका छन् ।
समाजका अध्यक्ष सूर्यबहादुर मगरले प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ तथा नियमावली २०६१ को दफा १० बमोजिम लोकदोहोरी साँझहरुलाई सामूहिक रोयल्टी व्यवस्थापन समूह र दोहोरी साँझसँगको सम्झौता बमोजिम गीतसंगीतको सार्वजनिक रूपमा प्रयोग गर्न अनुमति प्रदान गरिएको बताए ।
उक्त समारोहमा संस्कृति महाशाखा प्रमुख डा. सुरेश श्रेष्ठ, प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका निमित्त रजिष्ट्रार उत्तम दवाडी, पूर्वरजिष्ट्रार बिसुकुमार केसी, संगीतकर्मीहरु सुरेश अधिकारी, निर्णय श्रेष्ठ, महेश खड्का, मिलन मोक्तान र प्रहरी वृत्तका प्रमुखहरूले रोयल्टीबारेमा आफ्ना भनाइ राखेका थिए ।
प्रतिक्रिया 4