+
+

प्रमाणीकरण विज्ञ समूहको बैठक धुलिखेलमा शुरु

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ६ गते १७:२९

Gunastar-tatha-Naptoul-Biva६ माघ, काठमाडौं । सार्क स्तरीय प्रमाणिकरण विज्ञ समूहको दोस्रो बैठक काभ्रेको धुलिखेलमा शुरु भएको छ । बैठकको उद्घाटन गर्दै वाणिज्य मन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय स्तरमा गुणस्तरीय पूर्वाधारहरुको विकास गरी व्यापारबाट प्राप्त हुने फाइदालाई व्यवस्थित गर्दै लैजानुपर्ने बताएका छन् ।

मन्त्री कोइरालाले स्वास्थ्य, सुरक्षा वातावरण र व्यापार गतिविधि लगायतका विषयमा देखिएका नकारात्मक मुद्दाहरुले अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको सन्दर्भमा प्रमाणिकरणको प्रावधानबाट राम्रा अभ्यासलाई प्रवर्द्धन गर्नुपर्ने खाँचो औंल्याए ।

यसबाट कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व बढ्ने मात्र नभई शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा समेत उल्लेख्य सहयोग पुग्ने मन्त्री कोइरालाको विश्वास छ ।

‘विश्वको पाँच भागको एक भाग जनता सार्क क्षेत्रमा बसोबास गर्छन, यहाँ अपार मानवीय र प्राकृतिक श्रोत छ, यद्यपि विश्व व्यापार संगठनमा सार्क मुृलुकहरुको योगदान अत्यन्त न्यून छ, त्यतिमात्र हैन सार्क देशबीच्ा अन्तर व्यापार ३ प्रतिशत मात्र रहनु आपै+mमा बिडम्वनापूर्ण छ’ मन्त्री कोइरालाले भने- ‘ व्यापारको प्राविधिक क्षेत्रमा रहेका सम्पूर्ण व्यापार व्यवधान हटाई हार्दिक वातावरण सिर्जना गर्न प्रमाणिकरण विज्ञहरुको भूमिका महत्वपूर्ण छ ।’

विश्व व्यापार संगठनले समेत यसलाई प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै मन्त्री कोइरालाले सार्क मुलुकहरुको प्रमाणिकरणका क्षेत्रमा हुने परस्पर सहयोगले क्षेत्रीय आर्थिक एकिकरणलाई बढावा दिने विश्वास व्यक्त गरे ।

वाणिज्य तथा आपूर्ति सचिव माधवप्रसाद रेग्मी, गुणस्तर तथा नापतौल विभागका महानिर्देशक रामआधार साह र सार्क सचिवालयका निदर्ेेशक एल. सावित्रीले व्यापार प्रवर्द्धनमा प्रमाणिकरणले खेल्ने भूमिकाका विषयमा आफ्नो भनाई राखेका थिए । बैठकमा सार्क मुलुकका प्रमाणिकरण सम्बन्धी २३ विज्ञहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?