मेस्सीले टिमका लागि त्याग गरे : माउरिन्हो
२०७१ असार ३१ गते १७:५५
३१ असार, काठमाडौं । चेल्सीका प्रशिक्षक जोसे माउरिन्होले विश्वकप फुटबलमा लिओनल मेस्सीले टिमका लागि त्याग गरेको बताएका छन् ।
२४ वर्षपछि अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याएपनि उपाधि जित्ने सुनौलो अबसर गुमाएको भन्दै मेस्सीको प्रदर्शनमाथि प्रश्न उठ्न थालेको छ ।
तर, माउरिन्होले भनेका छन्-‘उनले टोलीको राम्राका लागि उनले आफूलाई बलिदान गरे । उनी उत्कृष्ट खेलाडी हुने भन्दा प्रतियोगिता जित्नेमा बढी केन्द्रीत भए ।’ विश्वकपमा मेस्सीले जे गरे त्यसप्रति आफ्नो सम्मान रहेको उनले बताए ।
क्लब र देशका लागि फुटबल खेल्नु फरक भएको भन्दै उनले भनेका छन्-‘यदि उनले आफू कति राम्रो छु भन्ने देखाउन चाहेको भए हिगुइनको पछि हुन्थे र कतिबेला मौका पाइन्छ भनेर मौका कुरेर बस्थे ।’
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4