+
+

एमाले केन्द्रीय कमिटीमा केपी ओलीको स्पष्ट बहुमत (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३२ गते १९:३०

KP oli

३२, असार काठमाडौं । नेकपा एमालेको १ सय ५९ सदस्यीय नवनिर्वाचित केन्द्रीय कमिटीमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली प्यानलले बहुमत पाएको छ । ११४ पूर्ण केन्द्रीय सदस्य र बैकिल्पकसहितको १५९ सदस्यीय दुवैमा ओलीको स्पष्ट बहुमत आएको छ । यसअघि झलनाथ खनाल अध्यक्ष हुँदा पनि केन्द्रीय कमिटीमा भने ओली पक्षको बहुमत थियो ।

पदाधिकारीमा ओली र नेपालको प्यानलबाट बराबरी भए पनि केन्द्रीय कमिटीमा ओलीले सुबिधाजनक बहुमत प्राप्त गरेका छन् । पदाधिकारीमा सात-सात जनाले जितेकाले बरिष्ठ नेता झलनाथ खनाल निर्णायक भएका छन् । एमालेको १५ सदस्यीय पदाधिकारीमा बरिष्ठ नेता पनि पर्छन् ।

बरिष्ठ नेता झलनाथ खनाल बाहेक अन्य १ सय १४ जना पूर्ण केन्द्रीय सदस्यमा ओली पक्षका ६७ जना निर्वाचित भएका छन् भने नेपाल प्यानलबाट ४७ जनाले सफलता हात पारेका छन् ।

जनजाति, महिला, मधेशी, दलित लगायत आरक्षित कोटाबाट ओली पक्षका केन्द्रीय सदस्य बढी जितेकाले ओली प्यानल बहुमतमा पुगेको हो । बैकल्पिकतर्फ पनि ओली प्यानलकै बहुमत सदस्य जितेका छन् । पदाधिकारीमा भने दुवै पक्षको बराबरी छ भने बरिष्ठ नेता खनालको यसमा गणना भएको छैन ।

ओली पक्षले पदाधिकारीमा ७, खुल्ला केन्द्रीय सदस्यमा १७, महिलामा ९, जनजातिमा ९, दलितमा ५, अन्चलतर्फ ९, पिछडिएको क्षेत्रबाट २, मुस्लिम २ र मधेशीबाट ७ सहित ६४ जना केन्द्रीय सदस्यमा जित हासिल गरेको छ ।

त्यस्तै नेपाल पक्षले पदाधिकारीमा ७, खुल्ला केन्द्रीय सदस्यमा १८, मधेशीमा २, जनजाति ३, महिलामा ८, सम्पर्क बिभागबाट १, अञ्चलबाट ६ र पेशागत निर्वाचन क्षेत्रबाट २ जना गरि ४७ जना केन्द्रीय सदस्यमा सफलता पाएको छ । बैकल्पिकतर्फ ओली पक्षले २२ र नेपाल पक्षले १२१ सदस्य जितेको छ ।

दलित, पिछडिएको क्षेत्र, मुस्लिमतर्फ  नेपाल पक्षको निल भएको छ भने सम्पर्कमा ओली पक्षले कुनै सिट जितेन ।

केन्द्रीय सदस्यको पूर्ण सूची

 

नेपाल समूहका विजयी ओली समूहका विजयी 
केन्द्रीय सदस्य खुला वैकल्पिक केन्द्रीय सदस्य केन्द्रीय सदस्य खुला
वैकल्पिक केन्द्रीय सदस्य
माधव नेपाल राजन राई शंकर पोखरेल माधव ढुंगेल
सुरेन्द्र पाण्डे राजबहादुर बुढा प्रदिप नेपाल किशोर अधिकारी
राजेन्द्र पाण्डे शेरबहादुर केसी किरण गुरुङ  खेम लोहनी
लालबाबु पण्डित प्रकाश शाह रविन्द्र अधिकारी
प्रकाश ज्वाला रामनाथ ढकाल
टंक कार्की छविलाल विक
पर्शुराम मेघी गुरूङ सूर्य थापा
बेदुराम भुसाल अग्नि खरेल
रघुजी पन्त काशीनाथ अधिकारी
ठाकुर गैरे बिन्दा पाण्डे
विजय पौडेल महेन्द्र पाण्डे
अरूण नेपाल भानुभक्त ढकाल
राजेन्द्र राई मुकुन्द न्यौपाने
गंगालाल तुलाधार कर्णबहादुर थापा
तुलबहादुर गुरूङ विष्णु रिमाल
सोमप्रसाद पाण्डे
राजन भट्टराई
युवराज कार्की
नागेन्द्र  चौधरी  ९८६ खिमललाल भट्टरार्इ  ९८६ नोटः गोला प्राथबाट छान्न बाँकी
जनजाति जनजाति
यज्ञराज सुनुवार सुरेन्द्र मानन्धर पार्वत गुरूङ विना श्रेष्ठ
शेरवहादुर तामाङ प्रेमबहादुर आले शेरधन रार्इ
बैजनाथ चौधरी प्रतापलाल श्रेष्ठ गोकुल घर्ती
हरि रार्इ दलबहादुर राना
कमलजंग रार्इ दनुवार सानुकुमार श्रेष्ठ
खगेन्द्र राई
लीलानाथ श्रेष्ठ
ज्ञानवहादुर भुजेल
डम्बर सम्बाहाम्फे
महिला महिला
रामकुमारी झाँक्री निरु जैरु राधा ज्ञवाली निरु पाल
श्रीमाया थकाली रचना खड्का थममाया थापा मोना केसी
जयन्ती राई पद्मा अर्याल सीता सुन्दास
गौरा प्रसाई गोमा देवकोटा
गरिमा शाह सुजिता शाक्य
सीता गिरी ओली सावित्रा भुसाल
ममता गिरी शिवमाया तुम्बाहाम्फे
सुशीला नेपाल महिन लिम्बू
सीता पौडेल
मधेसी मधेसी
सत्रुघ्न महतो मेटमणी चौधरी रामप्रित पासवान दिनेशचन्द्र यादव
बलदेव चौधरी रामरति राम श्रीप्रसाद साह भगवती चौधरी
कमलादेवी महतो
बलवीर प्रसाद चौधरी
योगनारायण यादव
सत्यनारायण मण्डल
जिवछ साह
 पिछडिएको क्षेत्र पिछडिएको क्षेत्र
लालवहादुर थापा मोहन बानियाँ
भैरसुन्दर श्रेष्ठ
 मुस्लिम मुस्लिम
नजिर मियाँ तैयव हुसेन
शिराज अहमद फरुकी
भूगोल भूगोल
जीवन घिमिरे – कोशी धर्म निरौला गणेश तिम्सिना- धौलागिरी भुपेन्द्र थापा
जगन्नाथ खतिवडा- सगरमाथा रविन कोइराला-मेची मायानाथ अधिकारी-गण्डकी रामशरण बस्नेत
पशुपति चौलागाईँ-बाग्मती माधव अर्याल लिला गिरी-लुम्बिनी तिलक महत
जीवनराम श्रेष्ठ-उपत्यका सोम मिश्र खेममान खड्का-राप्ती गुलावजंग शाह
विरोध खतिवडा-नारायणी कृष्ण खनाल यमलाल कँडेल-भेरी लक्ष्मी पोखरेल
महेश्वर पाठक-सेती भैरवहादुर सिंह
गणेश ठगुन्ना-महाकाली विक्रम शाही
गोरखवहादुर बोगटी-कर्णाली हंशराज शाही
विशाल भट्टरार्इ-सगरमाथा
दलित दलित
बोमबहादुर विश्वकर्मा गोविन्द नेपाली
जगत विश्वकर्मा पुरनसिंह दयाल
भागवत विश्वासी तिल विश्वकर्मा
  ईश्वरी रिजाल
एकराज विक
पेशागत पेशागत
विश्वनाथ प्याकुरेल प्रेमल खनाल
चूडामणि जंगली दिनेश रार्इ
सम्पर्क विभाग सम्पर्क विभाग
विजय गुरूङ
अनुशासन आयोग लेखा आयोग
अमृतकुमार बोहोरा पुष्ष कँडेल
झलनाथ खनाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?