Comments Add Comment

भाइलाई सभासद बनाएपछि कमल थापाको बयान

kamal-ganesh-thapa
१५ भदौ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो भाइ गणेश थापालाई सभासद मनोनयनका लागि सिफारिस गर्नु आफ्नो निम्ति अत्यन्त कठिन र असहज निर्णय भएको स्वीकार गरेका छन् ।

सामाजिक सन्जाल र सन्चारमाध्यममा गणेश थापाको मनोनयनका बारेमा अधिकांश नकारात्मक प्रतिक्रिया आएको भन्दै थापाले यसको योग्यता क्षमता भन्दा पनि अध्यक्षको भाइ र एन्फा सन्बन्धी अनियमितता छानबीनको प्रसंगले बढि प्रतिक्रिया पाएको बताएका छन् ।

थापाले फेसबुक र ट्वीटरमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै केही क्षुद्र टिप्पणीहरु बाहेक अधिकांश प्रतिक्रियालाई ग्रहण गर्ने बनाएका छन् ।

थापाले भने- गणेश मेरो सहोदर भाइ हो र उसले नेतृत्व गरेको एन्फा अहिले विवादको घेरामा पनि छ । यी दुवै यथार्थलाई म अहिलेनै सवाल जवाफ गर्न चाहान्न, समय बलवान छ र समयलेनै सबै आरोप प्रत्यारोपको छिनोफानो गर्नेछ ।

पार्टी केन्द्रीय कार्य समितिका बहुसंख्यक सदस्य गणेश थापालाई सभासद बनाउने पक्षमा रहेको दावी थापाले गरेका छन् । आफूले सहज र सरल बाटोको साटो अप्ठेरो बाटो रोजेको उनले बताएका छन् ।

‘मन र मस्तिष्कको द्धन्द्धमा मनले जित्यो, मैले गणेश थापाको नाम सिफारिस गरँ । मैले यो निर्णयलाई समयको कसिमा छोडि दिएको छु ।’ कमल थापाले भने ।

उनले खेल जगतको हस्तिका रुपमा पहिचान बनाएका गणेश थापाको मनोनयन राष्ट्रको बृहत्तर हितमा उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

थापाले आफ्नो भाइको मनोनयन पुष्टि गर्न खोज्दै पार्टीभित्रका अशन्तुष्टहरुलाई पनि जवाफ दिएका छन् । ‘राप्रपा नेपालको निमित्त गणेश थापा महत्वपूर्ण सम्पत्ति हुनेछ भन्नेमा मिलाई दुविधा छैन । ‘ थापाले भने ।

गणेश थापाको मनोनयनलाई पद्मसुन्दर लावती लगायका राप्रपा नेपालका अशन्तुष्ट नेताहरुले अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment