१ असोज, काठमाडौं । नजिकिएको दशैं-तिहारमा जनतालाई सहुलियत दरमा चामल उपलब्ध गराउन संसदको वाणिज्य तथा उपभोक्ता हित सम्बन्द्ध समितिअन्तर्गतको उपसमितिले वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
सभाषद सुभाषचन्द्र ठकूरीको उप-समितिको बुधबार बसेको बैठकले चामलमा साविककोभन्दा बढी छुट दिन निर्देएशन दिएको हो । उपसमितिले यो निर्देशनत तत्काल कार्यान्वयन गर्ने भनेको छ ।
त्यसैगरी बैठकले विगत वर्षहरुमा सहुलियत बजारमा छुट भएको रकम सोधभर्ना हुन बाँकी रहेको भन्ने सम्बन्धमा छलफलका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयलाई बोलाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4