+
+

भारतीय बिजुलीबाट कम हुँदैछ लोडसेडिङ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १ गते ६:५९

All about light: from bulbs to art१ कार्तिक, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले विद्यमान नेपाल-भारत प्रसारण लाइनको सुदृढीकरणबाट नेपालले अबका हेी दिनमै थप बिजुली पाई लोडसेडिङकम हुने बताएका छन् ।
नेपाल-भारत मैत्री समाजले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राजदूत रेले सन् २०१५ सम्ममा नेपालले भारतबाट थप दुई सय मेगावाट बिद्युत पाउने बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।
निकट भविष्यमै कटैया-कुसाहा प्रसारण १३२ केभी लाइनमा डबल सक्र्युटबाट थप ५० देखि ८० मेगावाट जोडिने, रक्सौल-परवानीपुर प्रसारण लाइन सुदृढीकरण हुने र सन् २०१५ सम्ममा ढल्केबर-मुजफ्फरपुर २२० केभी प्रसारण लाइनबाट एकहजार मेगावाट बिजुली नेपालमा आउनसक्ने पूर्वाधार तयार भई नेपालको लोडसेडिङअन्त्य हुने घोषणा गरे ।
डिसेम्बरसम्ममा पूणिर्यास्थित १६० एमभीएको ट्रान्सर्फमर चार्ज भइसकेपछि थप ५० मेगावाट बिजुली प्रसारण गर्न सकिन्छ । हाल यो लाइनबाट एकसय १० मेगावाट बिजुली आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?