+
+

प्रधानमन्त्रीले यातायात मन्त्रीलाई भने- गाडीको भाडा नबढाउनू

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १३ गते १९:४९

१३ कात्तिक, काठमाडौं । सार्वजनिक सवारी साधनको भाडा बढाउन लागिएको खबर सुनेपछि प्रधानमन्त्री सुशील कोइरालाले विहीबार बालुवाटारबाट यातायातमन्त्री विमलेेन्द्र निधिलाई टेलिफोन गरेर हप्काए ।

‘पेट्रोलियम पदार्थको भाऊ घटिरहेका बेला किन भाडा बढाउन लागेको ?’ प्रधानमन्त्री कोइरालाले मन्त्री निधीलाई कडा निर्देशन दिँदै भने-‘गाडी भाडा बढाउने निर्णय तरुन्तै रोक्नु ।’

सरकारले सार्वजनिक सवारीको भाडा बढाउन लागेको चर्चा सुनेपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री कोइरालालाई एकान्तमा लगेर भाडा बढाइए आफैं आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।

श्रेष्ठबाट यस्तो कुरो सुनेपछि प्रधानमन्त्रीले ‘मलाई यो विषयमा थाहै थिएन’ भन्दै पेट्रोलको भाऊ घटेका बेला गाडीभाडा बढाउन नहुने बताएका थिए ।

लगत्तै बालुवाटारमा बैठकका लागि भेलाभएका शीर्ष नेताहरुका सामु एमाओवादी नेता श्रेष्ठले गाडीभाडा बढ्न लागेको भन्दै त्यस्तो भएमा आफू आन्दोलनमा उत्रने बताएका थिए । श्रेष्ठको कुरो सुनेपछि गृहमन्त्री वामदेव गौतमले पनि अहिले सार्वजनिक यातायातको भाडा वृद्धि गर्न नहुने बताएका थिए ।

शीर्ष नेतावीच छलफल भएपछि त्यहीँबाट प्रधानमन्त्रीले मन्त्री निधीलाई फोन गरेर गाडी भाडा नबढाउन निर्देशन दिएको एक नेताले अनलाइनखबरलाई बताए ।

सरकारले पेट्रोलियम पर्दाथको भाऊ बढेका बेला गाडी भाडा बढाउन गरेको निर्णयलाई अहिले आएर कार्यान्वयन गर्न खोजेपछि एमाओवादी नेता श्रेष्ठले आपत्ति जनाएका हुन् ।

एमाओवादी नेता श्रेष्ठले नागरिकसरह भाडा तिरेर सार्वजनिक सवारीमा यात्रा गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?