+
+

क्रिकेट संघ विघटन गरी पाण्डेको अध्यक्षतमा तदर्थ समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते १४:२५

२० कात्तिक, काठमाडौं । सरकारले नेपाल क्रिकेट संघको कार्यसमिति विघटन गर्दै विनयराज पाण्डेको अध्यक्षतमा तदर्थ समिति गठन गरेको छ ।

BINAYA-RAJ-PANDEYमन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पाण्डेको अध्यक्षमा श्रीहर्ष कोइरालालाई उपाध्यक्ष र महासचिवमा रमेश शिलवाल रहेको तदर्थ समिति गठन गरेको हो ।

पाण्डे क्यानको पूर्व अध्यक्ष हुन् । पाण्डे अध्यक्ष हुँदा कोइराला र शिलवाल दुबै उपाध्यक्ष थिए ।

कोइराला कांग्रेसको कोटाबाट र शिलवाल एमालेको कोटोबाट परेको स्रोतले जनाएको छ ।

श्रीहर्ष कोइराला वीपी कोइरालाका छोरा हुन् भने शिलवाल एमालेसम्वद्ध मदन भण्डारी स्पोट्स एकेडेमीका अध्यक्ष समेत हुन् ।

झण्डै ३९ वर्ष क्यानको सचिव पाण्डे २००६ देखि ११ सम्म अध्यक्ष थिए ।
लामो समयसम्म निर्वाचन गर्न नसेको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले पाण्डेको नेतृत्व विघटन गर्दै टंक आङबुहाङको नेतृत्वमा तदर्थ समिति बनाएर चुनाव लगाएको थियो ।

माओवादी नेता समेत रहेका आङबुहाङ आफैं अध्यक्षमा निर्वाचित भएर आए । तर, आङबुङसहितका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा लागेपछि क्यानको कार्यबाहक अध्यक्षको जिम्मेवारी टीबी शाहले सम्हाल्दै आएका थिए ।

यो पनि पढ्नुस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?