Comments Add Comment

रमिता–पुष्पादेखि सुशिलाको राज यसरी खोलिन् प्रियंकाले

priyanka-karki
केही समयअघि नेपालमा चलचित्र ‘बेबी’को छायांकनका लागि आएका अक्षय कुमारले मिडियालाई फोटो खिच्न दिएनन् । एक अन्र्तवार्तामा क्रममा उनले भूमिका खुल्छ भन्दै फोटो  खिच्न दिएका थिएनन् । यती मात्र होइन, नेपालका केही मिडियाकर्मीहरु अक्षय कुमारको नजिक रहेर पनि क्यामेरा क्लिक गर्न असमर्थ भए ।

कारण थियो, अक्षय कुमार चलचित्रको ‘फष्टलुक’ अघि कुनै पनि तस्बिर सार्वजनिक गर्न चाहदैनथ्य । जसका कारण यो चलचित्रको फष्टलुकले नै हंगामा मच्चायो ।

सामाजिक संजालको विकाससँगै कलाकारलाई आफ्नो भूमिका खोल्न सजिलो भएको छ । बलिउड कलाकार सकेसम्म आफ्नो भूमिका लुकाउन खोज्छन् । तर, नेपालमा भने कलाकार छायांकनको दिनदेखि निरन्तर फोटो सार्वजनिक गर्न लालयित छन् ।

यो कुरामा नायिका प्रियंका कार्की अगाडि देखिएकी छिन् । उनले अभिनय गर्दै गरेका हरेक चलचित्रका तस्बिर फेसबुकमा चाडै सार्वजनिक हुन्छन् । जसले गर्दा पनि दर्शकमा उनको भूमिकाको कौतुहलता चाडै नै सेलाउँछ ।

तर, नायिका कार्की भने केही तस्बिर सार्वजनिक गर्दैमा खासै फरक नपर्ने बताउँछिन् । प्रियंकाले आफ्नो नयाँ चलचित्र ‘वडा नम्बर ६’मा आफू सुशिला बस्नेत नामको यूवतीको भूमिकामा रहेको फेसुबकबाट नै सार्वजनिक गरिन् ।

उनी गाउँदेखि शहरसम्मको यात्रा गर्न सुशिला बस्नेतको भूमिकामा देखिदैछिन् । गाउँमा सोझी यूवती बनेकी यी नायिका शहर पुग्दा केही हट हुन्छिन् । यसपछि उनले अहिले छायांकन भैरहेको अर्को चलचित्र ‘हाउ फन्नी’को भूमिका र गेटअप पनि सार्वजनिक गरिसकेकी छिन् । यो चलचित्रमा नायिका केकी अधिकारी र प्रियंका रमिता र पुष्पाको भूमिकामा छन् ।

चलचित्र ‘नाई नभन्नु ल ३’का छायांकनका तस्बिर र आफ्नो गेटअप पनि उनले दिनहुँ फेसुबकमा पोष्ट गरिरहेकी थिइन् । प्रियंकालाई आखिर फेसुबकमा आफ्नो गेटअपसहितको फोटो पोष्ट गर्न किन हतार हुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment