Comments Add Comment

चौधरीलाई फेसन डिजाइनर उपाधि

५ चैत, बुटवल । १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै नवलपरासीकी शान्ति चौधरीले फेशन डिजाइनर कन्टेस्टको उपाधी जितेकी छन् ।

नेभारा फेसन डिजाइनर इन्ष्टिच्यूट बुटवलको आयोजनामा बुटवलमा सम्पन्न प्रतियोगितामा २२ वर्षकी चौधरीले उपाधिसहित ताज, मेडल र प्रमाणपत्र हात पारेकी हुन् ।

प्रतियोगितामा बुटवलकी विनिता थापा फस्ट रनरअप, बुटवलकै माइया थारु सेकेण्ड रनरअप र रिना थापा क्षेत्रीले भ्युअर्स च्वाइसको उपाधि जितेका छन् । प्रतिस्पर्धी फेशन डिजाइनरहरुले नेपाली, आधुनिक तथा विभिन्न जनजातिका जातीय पहिरन प्रस्तुत गरेका थिए ।

फेसन डिजाइनका विद्यार्थीहरु आफुले तयार पारेका पहिरनमा मोडल बनेर स्टेजमा उत्रिएका थिए । बुटवलमा फेसन डिजाइन प्रतियोगिता सुस्ताएकाले निरन्तरता दिन प्रतिायेगिता आयोजना गरिएको इन्स्टिच्युटका प्रवन्ध निर्देशक ध्रुव रानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment