२८ मंसिर, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले संविधानका विवाद समाधानका लागि लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको संसदीय दलको बैठकले संविधान विवादित मुद्दालाई लचक भएर टुंगो लगाउने र माघ ८ मै नयाँ संविधान जारी गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागीहरुले निर्धारित मितिमै संविधान जारी गर्न संविधानसभासम्बन्धी नियमावली र संविधानसभाले संविधान निर्माणका लागि पारित गरेको कार्यतालिकालाई संशोधन गरेर भए पनि निर्णयमा पुग्नुपर्ने सुझाव दिएको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री तथा सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणका विषयमा अन्य दलसँग भएका छलफलबारे जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4