+
+

चार किलो चरेससहित भारतीय युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ११ गते ९:०८

११ फागुन, भीमदत्तनगर । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान ब्यूरो र बेलौरी इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले साढे चार किलो चरेससहित भारतीय नागरिकलाई कञ्चनपुरबाट पक्राउ गरेको छ ।

आइतबार बेलुकी प्रहरीको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–३ राना चौराहबाट भारतको पिलिभितका २४ वर्षीय राजकुमार गिरीलाई चरेससहित नियन्त्रणमा लिएको प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टोलीका संयोजक प्रहरी नायब उपरीक्षक वीरेन्द्र जोहारीले जानकारी दिए ।

संयोजक जोहारीले नियन्त्रणमा लिएका अभियुक्त गिरीलाई नेपालमा चरेस खरिद गरी भारत लगिरहेको अवस्थामा पक्राउ गरिएको बताए । गिरीसँगै भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । चरेससहित सोमबार जिल्ला प्रहरी कार्यालयलाई बुझाइने संयोजक जोहारीले बताउनुभयो । सोही क्षेत्रबाट अनुसन्धान टोलीले केही साताअघि भारतीय नागरिकलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?