२७ फागुन, काठमाडौं । कोइला घोटालामा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई केन्द्रीय जाँच व्यूरो सीबीआईको विशेष अदालतले पूर्जी काटेको छ ।
मनमोहन सहित ६ अभियुक्तलाई अदालतमा उपस्थित हुन भनिएको छ । सिंह, उद्योगपति कुमार मंगलम बिडला, पूर्व कोइला सचिव पीसी परख र अन्य थप तीन जनालाई ८ अप्रिलमा अदालत उपस्थित हुन पत्र काटिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरुमाथि आपराधिक षडयन्त्र रचेको, विश्वासघात गरेको, आर्थिक अनियमितता गरेको लगायत अभियोग लागेको छ ।
भारतीय कांग्रेस नेता मनीष तिवारीले कोइला घोटालालाई राजनीतिक रंग दिइएको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4