+
+

‘राष्ट्रिय चलचित्र पुरस्कार’का लागि बोर्डको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३१ गते १२:४४
फाइल फोटो
फाइल फोटो

गतबर्ष एकसाथ ३ बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ आयोजना गरेको चलचित्र विकास बोर्ड यसबर्ष भने तातेको छ । अध्यक्षमा राजकुमा राई नियुक्त भएपछि बोर्डले प्रदान गर्दै आएको पुरस्कार केही समयमा नै हुने देखिएको छ ।

बोर्डले सूचना प्रकाशित गर्दै यो पुरस्कारका लागि चलचित्रहरु दर्ता गर्न निर्मातालाई आग्रह गरेको छ । सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बोर्डमा सम्पर्क गर्न आग्रह गरिएको हो ।

गतबर्ष राष्ट्रपति डाक्टर रामवरण यादवको हातबाट बोर्डले एकसाथ ३ बर्षको पुरस्कार वितरण गरेको थियो । बोर्डले आयोजना गर्ने यो पुरस्कारलाई चलचित्रकर्मीले पनि सम्मानका साथ हेर्ने गरेका छन् ।

बोर्डले वि.सं २०७१ साल वैशाख १ गतेबाट चैत्र मसान्तसम्म प्रदर्शनमा आएको नेपाली भाषाका, आदिवासी र जनजाती चलचित्रलाई समावेशका लागि आह्वान गरेको हो । अध्यक्ष राइले बोर्डले प्रदान गर्दै आएको अवार्डलाई निरन्तरता दिने केही दिन अगाडि बताएका थिए । उनी अध्यक्ष भएपछि बोर्डको पहिलो वैठकले यो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?