आरपी सुवेदी
१४ असार, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेका नायबसुब्बा ईद्रिस अली बेहेना १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई उनलाई सोमबार साँझ पौने ६ बजे कार्यालय भित्रैबाट पक्राउ गरेको हो ।
साँझमा पनि सरकारी कार्यालयहरु खुल्ला हुने र सो समयमा सेवाग्राहीको खासै चाप नहुने मौका पारेर उनले घुस लिएको बताइएको छ ।
घुस लेनदेन हुन लागेको सूचना पाएपछि अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतको सम्पर्क कार्यालय कोहलपुरबाट टोली परिचालन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4