+
+

डेढ महिनादेखि निरन्तर १५ घन्टे ड्युटीमा प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते ७:११
फाइल तस्वीर
फाइल तस्वीर

१३ असोज, काठमाडौं । डेढ महिना लामो बन्दका कारण तराईका नागरिकको जनजीवन जति कष्टकर बनेको छ, तराईका जिल्लामा कार्यरत प्रहरीको दैनिकी त्योभन्दा कष्टकर छ । डेढ महिनादेखि उनीहरु बिहानदेखि बेलुकासम्म निरन्तर ड्युटीमा खटिँदै आएको नयाँ पत्रिकामा खबर छ ।

तराई-मधेसमा कार्यरत प्रहरीले अत्यावश्यक काम पर्दाबाहेक बिदा पाएका छैनन् । तराईको आन्दोलनसँगै प्रहरीको दैनिकी कष्टकर बनेको छ ।

आन्दोलनसँगै जिम्मेवारी पनि थपिएका छन् भने परिवासँग समेत भेट्न नपाउँदा प्रहरीका पीडा पनि थपिएका छन् । ‘अत्यावश्यक पर्दाबाहेक बिदा दिन सक्ने अवस्था छैन्,’ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी तारिणीप्रसाद लम्साल भन्छन्, ‘राजमार्गमा स्कटिङ गर्नेदेखि बैंकको पैसा ओसार्ने काममा प्रहरी खटिँदै आएको छ, त्यसकारण समस्या परेकालाई बाहेक बिदा दिन सकिएको छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?