+
+

बोनस सेयरले बैंकका सेयरधनीलार्इ मालामाल ! कुन बैंकको लाभांस कति ?

२७ असोज, काठमाडौं । चुक्ता पुँजी बढाउने दबाबमा अधिकतम बोनस सेयर दिने घोषणा गरेपछि बैंकका सेयरधनीहरूलार्इ मालामाल भएको छ । हालसम्म लाभांस घोषणा गरेका बैंकहरुमध्ये नविल बैंकले सबैभन्दा बढी अर्थात ३६.८४ प्रतिशत र लुम्बीनी बैंकले सबैभन्दा कम अर्थात् १५ प्रतिशत लाभांसको घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २७ गते १९:५५

पुष्प दुलाल

२७ असोज काठमाडौं । चुक्ता पुँजी बढाउने दबाबमा अधिकतम बोनस सेयर दिने घोषणा गरेपछि बैंकका सेयरधनीहरूलार्इ मालामाल भएको छ । हालसम्म लाभांस घोषणा गरेका बैंकहरुमध्ये नविल बैंकले सबैभन्दा बढी अर्थात ३६.८४ प्रतिशत र लुम्बीनी बैंकले सबैभन्दा कम अर्थात् १५ प्रतिशत लाभांसको घोषणा गरेका हुन् ।

bonus-shareसञ्चालनमा रहेका ३० बैंकमध्ये हालसम्म लाभांस ९ बैंकले मात्रै लाभांसको घोषणा गरेका छन् । बैंकहरुले घोषणा गरेको लाभांस नियामक राष्ट्र बैंकको स्वीकृति र संस्थाकै आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै वितरण हुनेछ ।

गत साउन ७ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले मौद्रिक नीतिमार्फत आगामी ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने घोषणा गरेका थिए । यसअघि वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था थियो ।

यो पनि पढ्नुहोस्-  मर्जर, बोनस र हकप्रद सेयरमार्फत् बैंकिङ क्षेत्रले २ वर्षमा २ खर्ब २९ अर्ब पुँजी थप्दै

सबै बैंकहरुले राष्ट्र बैंकसमक्ष चुक्ता पुँजी वृद्धिको योजना पेश गरिसकेका छन् । पुँजी बढाउन बैंकहरूले मर्जर, बोनस सेयर, हकप्रद सेयर र एक्वायर (प्राप्ति) लार्इ मुख्य अाधार बनाएका छन् । राष्ट्र बैंकले चुक्ता पुँजी वृद्वि गर्ने योजना चित्त नबुझे नगद लाभांस वितरणमा रोक लगाउने चेतावनी दिइसकेको छ । जसले गर्दा बैंकहरुलाई अधिकतम बोनस सेयर जारी गर्ने दबाब परेको हो ।

संख्या नघटाई राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउन वाणिज्य बैंकहरुले १ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ पुँजी थप्नुपर्ने हुन्छ । हाल वाणिज्य बैंकहरुको ९६ अर्ब ९० करोड रुपैयाँ छ । ३० वाणिज्य बैंकले ८ अर्ब रूपैयाँ मात्रै पुँजी पुर्याउने हो भने ०७४ असार मसान्तसम्ममा २ खर्ब ४० अर्ब रूपैयाँ पुँजी चुक्ता गर्नुपर्ने हुन्छ ।

कुन बैंकको लाभांस कति ?

 बैंक चुक्ता पुँजी बोनस सेयर % मा नगद लाभांस % मा कूल लाभांस % मा
इन्भेष्टमेन्ट बैंक ४ अर्ब ७७ करोड ३३ १.७४ ३४.७४
नविल बैंक ३ अर्ब ६५ करोड ३० ६.८४ ३६.८४
ग्लोबल आइएमइ बैंक ५ अर्ब १ करोड २३ २३
बैंक अफ काठमाण्डू २ अर्ब १२ करोड २६ १.३६ २७.३६
एनबी बैंक २ अर्ब ४० करोड २५ १.३२ २६.३२
सनराइज बैंक २ अर्ब २३ करोड २१.५ १.१३ २२.६३
सिटिजन बैंक २ अर्ब ५५ करोड २० १.०५ २१.०५
सानिमा बैंक २ अर्ब ५५ करोड २० १.०५ २१.०५
लुम्बीनी बैंक २ अर्ब ६५ करोड १५ १५

Nabil-Bank-नविल बैंक

आर्थिक वर्ष ०७१/०७२ मा २ अर्ब ९ करोड रुपैयाँ कमाएको बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद लाभांस गरी कूल ३६.८४ प्रतिशत लाभांसको घोषणा गरेको छ । बैंकको चुक्ता पुँजी ३ र्अब ६५ करोडल रुपैयाँ छ ।

यो बैंकले २ अर्ब रुपैयाँको नयाँ सेयर निष्काशन गर्ने र ३ वर्षको नाफाबाट २ अर्ब ६३ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरी ०७४ असार मसान्तसम्ममा ८ अर्ब २८ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना राष्ट्र बैंकमा पेस गरेको छ ।

अघिल्लो वर्षको नाफाबाट बैंकले ६४ प्रतिशत लाभांस दिएको थियो । अघिल्लो वर्ष बैंकले २०७०/०७१ मा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । कर्जामा लिने र निक्षेपमा दिने ब्याजदरबीचको अन्तरमा राष्ट्र बैंकको कडाईका कारण एक वर्षको अवधिमा बैंकको खुद व्याज आम्दानी १७ करोड रुपैयाँले घटेपछि नाफा घटेको हो । ०७१ असार मसान्तमा ५.७१ प्रतिशत रहेको स्प्रेड दर ०७२ असार मसान्तमा ४.५५ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकले १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । पाँच वर्षदेखि लगातार नाफाका आधारमा पहिलो नम्बरमा रहेको यो बैंक गत वर्ष भने दोस्रो स्थानमा पुगेको हो ।

Investment bank2इन्भेष्टमेन्ट बैंक

गत आर्थिक वर्षमा १ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले सो नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३३ प्रतिशत बोनस सेयर र १.७४ प्रतिशत नगद लाभांस गरी ३४.७४ प्रतिशत लाभांसको घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ७७ करोड रुपैयाँ छ ।

यो बैंकले लगातार ३ वर्ष बोनस सेयर दिने र ८० करोड रुपैयाँको फर्दर इस्यूमार्फत ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । बैंकले २०७१र०७२ को नाफाबाट ८६ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने, ०७२र०७३ को नाफाबाट १ अर्ब ६० करोडको बोनस सेयर दिने, ०७३र०७४ को नाफाबाट ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने योजना बनाएको छ ।

अघिल्लो वर्ष बैंकलेे १ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । स्प्रेड दर घटेपछि व्याज आम्दानी बढ्न नसक्दा बैंकको नाफा बढ्न नसकेको हो । ०७१ मा ५.४१ प्रतिशत रहेको स्प्रेड दर ०७२ मा ४.४६ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकले ९० अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Global-IME-Bank-ग्लोबल आइएमइ बैंक

ग्त आर्थिक वर्षमा १ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएर पहिलोपटक अरबपतिको क्लबमा उक्लिएको बैंकले सो नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २३ प्रतिशत बोसन सेयर दिने भएको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ छ ।

यो बैंकले भने बोनस सेयर जारी गरी चुक्ता पुँजी ८ अर्ब पुर्याउने योजना राष्ट्र बैंकमा बुझाएको छ । ३ अर्ब १४ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने बैंकको योजना छ । बोनस सेयर जारी गरेपश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड रुपैयाँ पुग्ने छ ।

अघिल्लो वर्ष ९८ करोड रुपैयाँ कमाएको थियो । स्प्रेड घटेका कारण यो बैंकको व्याज आम्दानी पनि प्रभावित भएको छ । अघिल्लो वर्ष ५.११ प्रतिशत रहेको स्प्रेड गत वर्ष ४.११ प्रतिशतमा झरेको छ । । बैंकले ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० अर्व रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

bank_of_Kathmanduबैंक अफ काठमाण्डू

गत आर्थिक वर्षमा ३३ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले सो नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर र १.३६ प्रतिशत नगद गरी कूल २७.३६ प्रतिशत लाभांस दिने भएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब १२ करोड रुपैयाँ छ ।

यो बैंकले ५ अर्ब ४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने र ३ आर्थिक वर्षको नाफाबाट १ अर्ब ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गरी तोकिएको चुक्ता पुँजी पुर्याउने योजना राष्ट्र बैंकमा बुझाएको छ

गत वर्ष बैंकले कमाएको नाफा अघिल्लो वर्षको भन्दा ८ करोड रुपैयाँले बढी हो । बैंकको स्प्रेड दर सामान्य घद्धेर ३.९४ प्रतिशतमा झरेपनि व्याज आम्दानी भने १७ करोड रुपैयाँले बढेर १ अर्ब ३८ करोड रुपैयषँ पुगेको छ । बैंकले साढे ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी साढे ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Nb bank2एनबी बैंक

गत आर्थिक वर्षमा ७९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले सो नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांस गरी २६.३२ प्रतिशत लाभांस दिने भएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ छ ।

यो बैंकले एक वाणिज्य बैंकसँग मर्ज गरी २ अर्ब ५० करोड रुपैयाँ पुँजी मर्जरबाट जुटाउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । यो बैंकको एनसीसी बैंकसँग मर्जरको कुराकानी भइरहेको छ । र, लगातार ३ वर्ष ३ अर्ब ११ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर दिई चुक्ता पुँजी ८ अर्ब ४ करोड ४० लाख रुपैयाँ पुँजी पुर्याउने बैंकको योजना छ ।

बैंकले गत वर्ष कमाएको नाफा अघिल्लो वर्षको भन्दा ५ करोड रुपैयाँले बढी हो । खुद व्याज आम्दानी र राइटव्याकमा भएको वृद्धि नै बैंकको नाफा वृद्धिको मूख्य आधार देखिएको छ । ०७१ असार मसान्तमा ८ करोड ५२ लाख रुपैयाँ रखेको खुद व्याज आम्दानी ०७२ असार मसान्तमा बढेर १० करोड ९ लाख रुपैयाँ पुगेको छ । बैंकले ३३ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ०७१ असार मसान्तमा ४.३२ प्रतिशत रहेको स्प्रेड दर ०७२ असार मसान्तमा ४.४३ प्रतिशत पुगेको छ ।

Sunrise-bankसनराइज बैंक

गत आर्थिक वर्षमा ४७ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले सो नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २१.५ प्रतिशत बोनस सेयर र १.१३ प्रतिशत नगद लाभांस गरी जम्मा २२.६३ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब २३ करोड रुपैयाँ छ ।

यो बैंकले बोनस सेयर, हकप्रद सेयर र मर्जरबाट चुक्ता पुँजी ८ अबए पुर्याउने योजना राष्ट्र बैंकमा बुझाएको छ । २ अर्ब ६५ करोडको बोनस सेयर, ३८ करोड ५७ लाखको हकप्रद सेयर जारी गर्ने र २ अर्ब ६२ करोड रुपैयाँ पुँजी मर्जरबाट जुटाउने बैंकको योजना छ ।

गत वर्ष बैंकले कमाएको नाफा अघिल्लो वर्षकोभन्दा २३ करोड रुपैयाँले बढी हो । अघिल्लो वर्ष ५.३० प्रतिशत रहेको स्प्रेडलाई बैंकले गत वर्ष ४.३० प्रतिशतमा झारेको छ । जसकारण बैंकको खुद व्याज आम्दानी भने १ करोड रुपैयाँलेमात्रै बढेर १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले साढे ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी साढे २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Citizen-Bank-Internationalसिटिजन बैंक

गत आर्थिक वर्ष ७२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले सो नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोसन सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी २१.०५ प्रतिशत लाभांस दिने भएको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ ।

यो बैंकले बोनस सेयर र हकप्रद सेयर जारी गरी ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना राष्ट्र बैंकलाई बुझाएको छ । बैंकको तीन वर्षमा १ अर्ब २३ करोड रुपैयाँको बोनस सेयर र ३ अर्ब ६२ करोड ४० लाख बराबरको हकप्रद सेयर जारी गर्ने योजना छ ।

बैंकले गत वर्ष कमाएको नाफा अघिल्लो वर्षकोभन्दा साढे २१ करोड रुपैयाँले बढी हो । स्प्रेड दर घटेपनि बैंकको खुद व्याज आम्दानी भने ४७ करोड रुपैयाँले बढेको छ । ०७१ असार मसान्तमा ४.९९ प्रतिशत रहेको स्प्रेड दर ०७२ असार मसान्तमा ४.१३ प्रतिशत रहेको छ । ०७२ असार मसान्तमा बैंकले ३५ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Sanima bankसानिमा बैंक

गत वर्ष ६० करोड ४० लाख रुपैया खुद नाफा कमाएको बैंकले सो नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोसन सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी २१.०५ प्रतिशत लाभांस दिने भएको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ ।

यो बैंकले बोनस सेयर र हकप्रद सेयर जारी गरी चुक्ता पुँजी ८ अर्ब पुर्याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । बैंकले ३ अर्ब ६० करोड रुपैयाँ बराबरका हकप्रद सेयर र तीन वर्षमा १ अर्ब ९० करोड रुपैयाँ बराबरका बोनस सेयर जारी गर्ने योजना बनाएको छ ।

गत वर्षको बैंकको नाफा अघिल्लो वर्षको भन्दा साढे १८ करोड रुपैयाँले बढी हो । स्पेड घटेपनि बैंकको व्याज आम्दानी बढेपछि नाफा बढेको हो । ७१ मा ४.३५ प्रतिशत रहेको स्प्रेड दर ०७२ मा ३.९१ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकले ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । कूल कर्जाको ०.०७ प्रतिशत बैंकको खराब कर्जा छ । यो नेपाली बैंकिङ उद्योगकै सबैभन्दा कम हो । खराब कर्जाको मात्रा जति कम भयो सो संस्थाको वित्तीय स्वास्थ्य उति राम्रो मानिन्छ ।

Lumbini-Bank-लुम्बीनी बैंक

गत आर्थिक वर्षमा ३४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको लुम्बीनी बैंकले सो नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ ।

यो बैंकले कुनै एक वाणिज्य बैंकसँग गाभिएर २ अर्ब ३० करोड रुपैयाँ पुँजी जुटाउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । तीन वर्षको नाफाबाट २ अर्ब ५ करोड ८० लाख र हकप्रदबाट ६४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी थप्ने बैंकको योजना छ ।

गत वर्ष बैंकले कमाएको नाफा जुन अघिल्लो वर्षकोभन्दा सवा १० करोड रुपैयाँले बढी हो । बैंकको खुद ब्याज आम्दानी र विदेशी मुद्रा सटही आम्दानी बढ्नुका साथै प्रोभिजन रकम घटेपछि खुद नाफा बढ्न गएको हो । बैंकले यस अवधिमा ६७ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५३ करोड २० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंकको स्प्रेडदर ३.९५ प्रतिशत छ । बैंकल २० अर्ब २८ करोड निक्षेप संकलन गरी १७ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?