+
+

परिबन्धमा परेर प्रधानमन्त्रीमा उम्मेद्वारी दिएँ-कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २० गते ८:००

Susil koirala
२० कात्तिक, काठमाडौं । कांग्रेस सभापति सुशील कोइरालाले इच्छा नभए पनि परिस्थितिको उपज भएपछि परिबन्दमा परेर प्रधानमन्त्रीमा उम्मेद्वारी दिएको बताएका छन् । कोइरालाले भने-‘तर, त्यस्तो परिबन्ध विदेशीबाट होइन, यहीँाट परेको हो ।’ कोइरालाले ‘म हटे सबै राम्रो हुन्छ भने सोचौंला’ भन्न खाजे, पनि प्रस्ट नबताएको नयाँ पत्रिकामा खबर छ ।

यता नेता शेरबहादुर देउवाले भने कोइराला इमान्दार नभएको बताएका छन् । देउवाले भने-‘सभापतिजी इमान्दार हुनुभएन । उहाँले भद्र सहमति भएको पनि भन्नुभएन । आफू उठ्ने कुरा कहिल्यै इमान्दारीपूर्वक भन्नु पनि भएन । उहाँले लोभ देखाउनुभयो । मधेसी दलले पनि सहयोग गर्छन भन्ने भएपछि मैले प्रस्ताव गरेको हुँ ।’

कोइरालाले आफूलाई देउवाले फसाएको भन्ने गरेको बताउँदै उनले भने-‘मलाई देउवाले फसाए भनेर कहीँ भन्नुभएछ, तर म केटाकेटी हो र मान्छे फसाउने ? उहाँलाई मैले कहिल्यै असहयोग गरेको छैन् । राजदूत खाली हुँदा होस वा सभासद् मनोनित गर्दा होस्, उहाँले आफैंले समयमा गर्न नसक्नुभएको हो । मैले कहिल्यै रोकिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?