+
+

गोबिन्दालाई अदालतले भन्यो- फ्यानसँग माफी माग

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १६ गते ११:१७


Govinda

मुम्बई । अभिनेता गोबिन्दाले आफ्नै फ्यानसँग माफी माग्नुपर्ने भएको छ । भारतको उच्च अदालतले गोबिन्दालाई आफुले झापड हानेको ब्यक्तिसँग माफी माग्न आदेश दिएको छ ।

सन २००८ मा गोबिन्दाले फिल्मको सेटमा एकजना फ्यानलाई थप्पड मारेका थिए । थप्पड काण्डपछि पीडित ब्यक्ति न्यायको लागि अदालत गएका थिए । ७ वर्षपछि उच्च अदालतले गोबिन्दालाई पीडितसँग माफी माग्न आदेश भएको हो ।

उच्च अदालतका न्यायाधिस टी एस ठाकुरको बेन्चले गोबिन्दाले फ्यानलाई थप्पड मारेको भिडियो हेरेपछि अभिनेताको यस किसिमको हर्कतको निन्दा गरेका थिए ।

‘गोबिन्दा चिरपरिचित अभिनेता हुन् तशर्थ उनले यस किसिमको हर्कत गर्न सुहाउदैन ।’ उनले भनेका थिए । साथै उनले गोबिन्दालाई तत्काल ती फ्यानसंग माफी माग्न आदेश दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?