बलिउडका चर्चित अविवाहित नायक सलमान खान सधै बिहेको बिषयले चर्चामा आइरहेका हुन्छन् । उनको नाम बलिउडका धेरै सुन्दरीसँग जोडिएको छ । तर, सलमानले बिहे कहिले गर्छन् टुंगो लागेको छैन ।
सलमानको नाम अहिले रोमानियाकी मोडल लुलिया भ्यान्चरसँग जोडिएको छ । केही दिन अगाडि त यी दुइले इन्गेजमेन्ट गरेको खबर पनि सार्वजनिक भएको थियो । तर, सलमान खानले यो कुरा अस्विकार गर्दै आएका थिए । सलमान रोमानिया नगएको र लुलिया पनि भारत नआएकाले यी दुइको भेट नै हुन नसक्ने दाबी पनि गरिएको थियो ।
तर, जुहुमा रहेको नायक बरुण धवनको घरबाट निस्कदै गर्दा सलमान खानको गाडीमा एक यूवती देखिएकी छिन् । ती यूवती अरु कोही नभएर लुलिया नै थिइन् । अघिल्लो सिटमा आफू बसेर पछिल्लो सिटमा सलमानले लुलियालाई राखेका थिए । यो फोटो सार्वजनिक भएसँगै सलमान र लुलियाको भेट नै नभएको खबर त पूर्ण रुपमा झुटो देखिएको छ नै, सलमान र लुलियाको इन्गेजमेन्ट भैसकेको खबरलाई पनि बल मिलेको छ ।
बहिनी अर्पिताको बिहेमा सलमानले लुलियालाई आफ्नी प्रेमिकाको रुपमा चिनाएका थिए । सलमान खानको चलचित्र ‘प्रेम रतन धन पायो’को छायांकनका क्रममा पनि लुलिया धेरै पटक देखिएको बताइन्छ । यसैले पनि सलमान र लुलियाको बिहेको खबर चाडै नै औपचारिक रुपमा घोषणा हुनसक्ने अड्कल काँटिएको छ ।
प्रतिक्रिया 4