+
+

अमेरिका पुगेपछि म्यूजिक भिडियोमा देखिए दिलिप

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २३ गते ११:११

dilip-in-usa

परिवारसहित अमेरिका पुगेका अभिनेता दिलिप रायमाझीले अमेरिकामा पनि अभिनयमा सक्रियता देखाएका छन् । अमेरिका पुगेर अभिनय गरेको उनको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक मुरारी भट्टराईको एल्बम ‘अनामिका’मा समावेश ‘कहिले काँही’बोलको म्यूजिक भिडियोमा उनले अभिनय गरेका हुन् । भिडियो निर्देशन सुरेश दर्पण पोखरेलले गरेका छन् । भिडियोमा अभिनेता रायमाझीसँग मोडल निला शाहीले फिचरिङ गरेकी छिन् ।

क्यलिफोर्नियाका रोमाञ्चक दृश्यहरुलाई समेटेर बनेको यो पहिलो नेपाली म्यूजिक भिडियो हो’, निर्देशक पोखरेलले भने, हलिउड फिल्महरुको छायांकन हुने गोल्डेन गेट बृजमा पनि भिडियो खिचिएको छ ।’

विकास चौधरीको संगीत रहेको यस गीतमा गायक भट्टराईलाई गायिका जुनु रिजालले साथ दिएकी छिन् । गीतलाई चिरञ्जीवी कोइरालाले लेखेका हुन् । ‘अनामिका’ गायक भट्टराईको डेब्यू एल्बम हो । ‘विदेशमा रहेर पनि नेपाली गीत-संगितप्रतिको मेरो मोह घटेको छैन्, झनझन बढीरहेको छ’, गायक भट्टराईले भने, ‘दर्शकको प्रतिक्रियालाई मध्यनजर गरेर अर्को एल्बमको तयारी गर्ने सोच बनाएको छुँ । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?