+
+

ठूला माछा समात्दै एफडी, ‘सायद २’ लाई ३० लाख ‘एमजी’

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २३ गते १३:०९

rampyari-and-sayad-2
अब, काठमाण्डौ बाहिरको चलचित्र वितरणका लागि सफल ब्यानर र चर्चित कलाकारका चलचित्र लिउँला भनेर अन्य वितरकले सोच्न गाह्रो पर्ने देखिएको छ । काठमाण्डौ बाहिर चलचित्र वितरण गर्दै आएको एफडी कम्पनीले अब आशा गरिएका, चर्चित ब्यानर र चर्चित कलाकारका चलचित्रलाई आफ्नो पकडमा पार्न थालेको छ ।

अध्यक्ष पदमा नरेन्द्र महर्जन आएसँगै एफडीले यो रणनीति लिएको देखिन्छ । अहिले ‘एमजी’ अर्थात ‘मिनिमम ग्यारेन्टी’ दिनका लागि एफडी अगाडि देखिएको छ । जसले यस अगाडि पनि केही चर्चित चलचित्रलाई ‘एमजी’ दिइसकेको छ ।

एफडीले ठूला फिल्म आफ्नो पकडमा पारेपछि अन्य  वितरकलाई अप्ठ्यारो पर्न सक्छ । महंगो रकम ‘एमजी’ दिएर एफडीले धमाधम चलचित्र लिने रणनीति अगाडि ल्याएको छ । नरेन्द्रले छायांकनमै रहेको चलचित्र ‘गाजलु’लाई ३५ लाख ‘एमजी’ दिदै आफ्नो बनाएका थिए । एफडीले यो चलचित्रपछि निर्माता सुनिल रावलको ‘सायद २’लाई पनि ३० लाख ‘एमजी’ दिएको छ ।

‘नाई नभन्नु ल ४’, ‘रामप्यारी’ जस्ता चलचित्र एफडीले नै वितरण गर्ने पक्का छ । एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन निर्मातालाई हौसला दिन र चलचित्र बनाउने वातावरण तयार गर्न ‘एमजी’ दिएको बताउँछन् । निर्माताले पनि चलचित्रको लगानी मध्ये आधा रकम पाउने पक्का पहिले नै हुँदा सुरक्षित भएको महशुश गर्छन् । जसकाकारण पनि अहिले ‘एमजी’ दिने चलन फस्टाएको छ ।

एफडीले ठूला माछा समात्न थालेपछि अन्य वितरकले ‘एमजी’ दिने प्रक्रियालाई कसरी अगाडि बढाउँछन्, हेर्न बाँकी छ । तर, आशा गरिएका चलचित्र कथा लेखनमै वुक हुन थालेपछि पक्कै पनि अन्य वितरक समस्यामा पर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?