५ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्र संघीय प्रदेशका राजधानीहरुका विषयमा छलफलका लागि प्रस्ताव पेश भएको छ । हालै सम्पन्न केन्द्रीय कमिटी वैठकमा एमालेको सल्लाहकार परिषदबाट प्रस्तावित राजधानीका विषयमा छलफल भने भएको छैन ।
परिषदका अध्यक्ष केशव बडालले सो प्रस्ताव शुक्रबारको वैठकमा पेश गरेका थिए । उनको प्रस्तावमा क्षेत्र नम्बर २ मा ढल्केवरलाई राजधानी बनाउन सुझाव दिइएको छ ।
हालसम्म सो प्रदेशका सम्भावित राजधानीका रुपमा वीरगञ्ज र जनकपुर चर्चामा छन् । जनकपुरभन्दा पश्चिममा पर्ने ढल्केवरमा राजधानीको माग थिएन ।
यसैगरी क्षेत्र नम्बर १ मा बिराटनगर, ३ मा भक्तपुर, ४ मा पोखरा, ५ मा दाङ, ६ मा सुर्खेत र ७ मा अत्तरीयालाई राजधानी बनाउन प्रस्ताव गरिएको छ ।
एमाले सचिव योगश भट्टराई पार्टीमा प्रदेशको राजधानीका लागि प्रस्ताव आएको तर, छलफल हुन बाँकी रहेको बताए ।
प्रतिक्रिया 4